मनसुन क्रमशः क्षीण हुँदै

श्रमिक महिला दिवसमा आदर्श सञ्चारद्वारा मानवसेवा आश्रममा खानाको व्यवस्था

बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले मानवसेवा आश्रम बागलुङमा रहेकाहरुलाई मंगलवार बिहानको खाना व्यवस्था गरेको छ ।   संस्थाद्वारा प्रकाशित धौलागिरी जागरण दैनिक पत्रिकाको १५ औं वार्षिकोत्सव तथा ११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अबसर पारेर मानवसेवा आश्रम बागलुङ शाखालाई आश्रमको सेवालाई थप सहज बनाउनका लागि खाना खुवाउने कार्यक्रम सम्पन्न गरेकोे हो ।
    

 

 कार्यक्रम संस्थाका संस्थापक अध्यक्ष तथा संघीय सांसद मनकुमारी केसीले मानव सेवा नै धर्म हो, सामाजिक कार्यमा सरिक हुन सम्पुर्ण मानवको जिम्मेवारी, कर्तव्य रहेको बताउनुभयो । सांसद केसीले ओहो छोरी पो भएछ है बाट सुरू भएको जिन्दगी छोरी होस् त यस्तो होस् भन्ने बनाउनु पर्ने भन्दै सम्पुर्ण महिलालाई थप उदाहरणीय कार्यमा लाग्न आव्हान गर्नु भयो । कार्यक्रममा हाम्रो चाहना ः सबैको लागि खाना नाना छाना नाराका साथ स्थापित आश्रमका रहेका आश्रित ४९ जनालाई भोजन खुवाइएको संस्थाका अध्यक्ष हुमा कुमारी जि।सी।९अञ्जु०ले जानकारी दिनुभयो । 

 

 कार्यक्रमको अध्यक्षता आदर्श सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमाकुमारी जिसी ९अञ्जु०, स्वागत मानवसेवा आश्रम बागलुङ शाखाका विपना तामाङ र सञ्चालन संस्थाका सह–सचिव सरस्वती खड््का परियारले गर्नुभएको थियो ।
       
आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको पहिलो सञ्चारमाध्यम धौलागिरी जागरण दैनिक फागुन २३ गतेदेखि १६ औं वर्षमा प्रवेश गरेको छ ।     
संस्थाले दैनिकसंग अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाईन सञ्चालन गर्दै आएको छ । 

 


    
 आदर्श सञ्चार सहकारी संस्थामा ३ हजार ५ सय जना शेयर सदस्य, ५ करोड ५० लाख शेयर रकम, ३२ करोड वचत, ३७ करोड लगानी रहेको प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।    

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  २ : ३५ बजे