मनसुन क्रमशः क्षीण हुँदै

‘तनहुँसुरलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्नुपर्छ ’

तनहुँ ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले खेलका माध्यमबाट तनहुँलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गरिनुपर्ने बताउनुभएको छ ।

व्यास नगरपालिकाद्वारा आयोजित दोस्रो व्यासनगर महिला खुला हाफ म्याराथनको आज दमौलीमा शुभारम्भ गर्दै उहाँले तनहुँसुर ऐतिहासिकस्थल भएकोले यसलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्दै आर्थिक क्षेत्रलाई सबल बनाउनुपर्छ भन्नुभयो । 

नगरपालिकाले खेलकुदका माध्यमबाट धार्मिक, ऐतिहासिक र सांस्कृतिक क्षेत्रको प्रचार–प्रसार गर्दै पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको उहाँले बताउनुभयो । दमौलीको व्यासगुफाबाट तनहुँसुरसम्मको २१ किमी दूरीको म्याराथनमा ५० महिला सहभागी भएका छन् ।

व्यासगुफाबाट अनसन चौतारी, दुर्गा मन्दिर, भोर्लेटारचोक, वन कार्यालय, सफा सडक हँुदै पृथ्वी राजमार्गको तालघरे, रानीगाउँ, दरै पँधेरा, पराजुली चोक, बेलटारी, खड्गकालीमार्गको चिसापानी, अर्चलेचौर, धरमपानी, गद्धीचौतारा हँुदै व्यासनगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबार पुगेर टुगिनेछ ।

हरेक नयाँ वर्षको पछिल्लो अङ्कलाई पुरस्कारको राशिमा समेट्ने पराम्परालाई कायम राख्दै यस वर्ष प्रथम पुरस्कार रु ४१ हजार ७८, द्वितीय रु ३१ हजार ७८, तृतीय पुरस्कार रु २१ हजार ७८ र सान्तवना पुरस्कार पाँच जनालाई रु ११ हजार ७८ करबाहेक प्रदान गरिने आयोजकले जनाएको छ । रासस

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ११ : ३६ बजे