काठमाडौं । गणतन्त्र नेपालकी प्रथम महिला राष्ट्रपति विद्या देवी भण्डारीको जीवनीमा आधारित वृत्तचित्र प्रसारण हुने भएको छ ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राजनैतिक निष्ठा अनि समर्पणकी पर्याय, गणतन्त्र नेपालकी प्रथम महिला राष्ट्रपति विद्या देवी भण्डारीको जीवनीमा आधारित वृत्तचित्र प्रसारण गर्न लागिएको हो ।
नेपाल टेलिभिजनबाट आज साँझ ७.२५ बजे अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रपति भण्डारीको जीवनीमा आधारित वृत्तचित्र प्रसारण गरिने छ ।
प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार १० : २९ बजे
प्रतिक्रिया