‘एउटै नाउरको सिकार गर्न २३ लाख’

एमाले झन् सशक्त, प्रचण्ड–माधव विरक्त

माधव नेपाल पदको नाजायज भोकका कारण आज आफैँ न घरको न घाटको स्थितिमा पुगेका छन् । आफ्नो अतृप्त कुण्ठा मेटाउन आफ्नै पार्टीलाई भत्काउने गलत सोच लिएर अगाडि बढेका कारण उनको पतन निश्चित प्रायः छ ।

राजनीतिमा चतुर खेलाडी माधव नेपालले देउवाको सरकार ‘दुःख गरेर’ टिकाउने काम त गरिरहेका छन् तर उनकै सन्निकट बर्बादी देख्न सकेका छैनन् । 

तीव्र कम्युनिष्टविरोधी देउवा सरकारमा कम्युनिष्ट हाबी भएको हेर्न चाहँदैनन् भने अर्कोतिर एमसीसीको घाँडो पन्छाउन उनीहरूको ‘उपयोग’ गरेको काङ्ग्रेसले प्रचण्ड र माधवलाई हिजो जत्तिको भाउ दिन छोडेको छ र उनीहरूसँग चुनावमा गठबन्धन नगर्ने बताइसकेको छ ।

प्रचण्ड नेपालको कम्युनिष्ट आन्दोलनबाट भागे पनि नेपालका बाम मतदाता एमालेको छातामुनि गोलबन्द हुँदैछन् । माधव नेपालसहित केही नेता बाहिरिए पनि एमालेलाई  असर परेको छैन । बरु एमालेमा गुटबन्दीको अन्त्य भएर पार्टी सङ्‌गठन चुस्त र सशक्त बनेको छ । माधव नेपालको महत्वाकाङ्क्षाका कारण संसदीय अङ्‌क गणितमा एमाले केही पछि परेको देखिए पनि एमालेप्रति जनताको समर्थन  डगमगाएको छैन । अहिले परमादेशी पाँच दलीय गठबन्धनलाई एमालेसँग आसन्न स्थानीय निर्वाचनमा कसरी प्रतिस्पर्धा गर्ने भन्नेमा ठूलो अन्योल छ ।  

एकदिन एक जना ऋषि जङ्गलमा विचरण गर्दै थिए । उनले एउटा अजङ्‌गको सर्प गुँडुल्किएको देखे । गुँडुल्किएको सर्पले आफ्नो पुच्छर मुखमा हालेको थियो । ऋषिले सोंचे यदि त्यो सर्पले त्यसरी नै आफैँलाई खाँदै गए त केही पनि बाँकी रहँदैन । त्यही सर्पको अवस्थाले शून्य अङ्‌कको आविष्कार भयो भनिन्छ । एमालेमा बस्नै नसक्ने निष्कर्ष निकालेर  नेपालको राजनीतिमा  बाक्लो दालवाला नेता बनेका माधव नेपाललाई काङ्‌ग्रेसको वैशाखी पाउन फलामको चिउरा चपाउनु सरह बनेको छ । स्थानीय चुनावपछि शून्यमा बिलाउने डरले छटपटी सुरु भएको छ । प्रचण्ड र माधव समूहबाट एमालेमा दिनदिनै हजारौँको सङ्‌ख्यामा समाहित भइरहँदा उनीहरूको सङ्‌गठन उठ्नै नसक्ने गरी छिन्नभिन्न हुदैछ ।

एमालेलाई देखाइदिने नाममा कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा (एमाले)को लामो समयसम्म नेतृत्व गरेका माधव नेपाल पदको नाजायज भोकका कारण आज आफैँ न घरको न घाटको स्थितिमा पुगेका छन् । आफ्नो अतृप्त कुण्ठा मेटाउन आफ्नै पार्टीलाई भत्काउने गलत सोच लिएर अगाडि बढेका कारण उनको पतन निश्चित प्रायः छ ।  उनको विचारमा देखापरेको खोटको त यहाँ बयान गरेर साध्य छैन, गत आमनिर्वाचनमा बनेको बाम गठबन्धनयता उनमा देखा परेको वैचारिक खोटसमेत एक डोको भइसकेको छ । अहिलेसम्म जेनतेन माधव समूहमा रहेका नेता कार्यकर्ताहरू स्थानीय निर्वाचनसम्ममा या त आफ्नो पुरानै घर फर्कने या त अन्तै डेरा सर्ने स्थिति देखा परेको छ । 

अघिल्लो आम निर्वाचनमा बाम गठबन्धनले भव्य सफलता प्राप्त गरेपछि त्यही उत्साहमा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्न तयार भए । बन्दुकको बलमा सत्ता कब्जा गर्ने सार बोकेको माओवादी विचार बोकेको माओवादी केन्द्र र शान्तिपूर्वक बाटोबाट चुनावमा श्रेष्ठता हासिल गरेर सत्ता सञ्चालन गर्ने जनताको बहुदलीय जनवादी सिद्धान्त अङ्गीकार गरेको एमालेबीच प्रष्ट वैचारिक मार्गचित्र तयारै नगरी कठात् एकता गरियो । एकतापछि बनेको नेकपामा पार्टीलाई वैचारिक र साङ्गठनिक रूपमा मजबुत बनाउन भूमिका खेल्नु पर्नेमा माधव नेपाल प्रचण्डसँग गोप्य साँठगाँठ गरी ओलीलाई पार्टी र सरकारबाटै हात धुन बाध्य पार्ने अभियानमा लागे । पार्टीभित्र र संसद्‌भित्र टाउको गन्न खप्पिस माधव नेपाल तुरुन्त पार्टी सत्ता वा राज्यसत्ता कब्जा गर्ने योजनामा लागे । सधैँ अस्थिरतामा खेल्न मन पराउने प्रचण्ड र पदको लागि जे पनि गर्न पछि नपर्ने माधव नेपालबीच राष्ट्रपति विद्या भण्डारी समेतलाई गलहत्त्याउने योजना बन्यो । राष्ट्रपति पदका व्यग्राकाङ्क्षी झलनाथ खनाल त्यतै लपेटिए । यो उनीहरूको विचारमा आएको स्खलन थियो, खोट थियो । पार्टी एकताले पूर्णता नपाउँदै, वैचारिक–साङ्गठनिक सवालको निरूपण नहुँदै माधवले ओलीभन्दा प्रचण्डलाई नजिक देख्नु एक अचम्मको घटना थियो ।

 सर्वोच्चको फैसलाले एमाले ब्युँताइदिएपछि पार्टीको नवौँ महाधिवेशनबाट निर्वाचित पार्टी अध्यक्ष के पी शर्मा ओलीलाई अध्यक्ष नमान्ने र विजातीय प्रचण्डको उक्साहटमा माधव नेपाल बलात् हटाउने प्रपञ्चमा लागे ।

जतिबेला माधव नेपाल प्रचण्डसँगको मिलीभगतमा साबिक नेकपाबाट ओलीलाई गलहत्त्याउने हर्कत गर्दै थिए, त्यतिबेला आफूले वर्षौंवर्ष अङ्गालेको जनताको बहुदलीय जनवादलाई समेत प्रतिगमनकारी विचार भन्न भ्याए । जबजका नामी दुस्मन प्रचण्डको भाषा सापटी लिएर जबजको उछित्तो काढे । तर जब एमाले ब्युँझियो, फेरि जननेता मदन भण्डारीको फोटो मुनि उभिएर हामी एमालेको विचार जबज हो, त्यसको सच्चा अनुयायी ओली होइनन् म हुँ पो भन्न थाले ’ विडम्बना अहिले पनि माधव नेपाल कमरेड पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको फोटोमुनि बसेर एमाले सिद्ध्याउने सपना देख्दैछन् । सबैतिरबाट पछारिँदा पनि आफ्नो हात त माथि नै रहेको जिरह गर्दैछन् ।

प्रष्ट भएको छ ९ एमालेमा आएको विभाजन विचारको समस्याका कारणले होइन ।  पदको कारण हो । हुन त राजनीति गर्ने मानिसको जीवनमा पदको हिसाबकिताब भइरहन्छ, अर्थात् उसको जीवन पदकै वरिपरि घुमिरहन्छ । कोही नेतालाई पदले लखेट्छ,कोही नेता पदको पछाडि मृगमरीचिकाको नियतिमा दौडिरहन्छन् । माधव नेपाल दोस्रो कोटिमा पर्छन् । माधव नेपाल एक पात्रमात्र होइनन् , प्रवृत्ति बनेर खडा छन् । पदलोलुप प्रवृत्तिको रूपमा । घोर प्रतिगमनकारी ज्ञानेन्द्रको आव्हानमा प्रधानमन्त्री पदको लागि बिन्ती०पत्र चढाए पनि उनी सफल हुन सकेनन् । प्रथम संविधानसभाको निर्वाचनमा काठमाडौँ र रौतहट दुवै क्षेत्रबाट जब उनलाई माओवादीले पराजित गर्यो।, तब त्यही संविधानसभा सदस्य पद माओवादी सुप्रिमो प्रचण्डसँग बक्सिस मागे । माओवादी भिक्षाबाट संविधानसभामा पुगेका माधव नेपाल प्रधानमन्त्री पद माग्न चाहिँ गिरिजाको शरणमा पुगे ।

नेकपा (एमाले)का अध्यक्ष के पी शर्मा ओली नेतृत्वको सरकार ढाल्न गठबन्धन बनाइरहँदा आफूलाई प्रधानमन्त्रीको उम्मेदवार बनाइदिन देउवा र प्रचण्डसँग निकै अनुनय–विनय गरेको तर पार्टी नफोरी त्यो सम्भव नहुने बताएपछि पछि हटेको बताइएको थियो । अहिले एमसीसी निःशर्त पास गरिदिएबापत नेपाली काङ्‌ग्रेसबाट भिक्षामा केही सिट प्राप्त गरेर आफ्नो राजनीतिको रोटी सेक्ने प्रयास गरिरहेका छन् । 

विचारमा खोट भएपछि प्राप्त हुने परिणाम पनि अन्ततः बर्बादी नै हो । एमालेलाई कमजोर बनाउने माधव नेपालको हर्कतबाट उनलाई केही हात लाग्ने छैन । बरु नेपाली काङ्ग्रेसले चाहेजस्तो एमाले विभाजन नभएको कारण गठबन्धनमा माधव नेपालको चुरीफुरी  सकिएको छ । तीव्र कम्युनिष्टविरोधी देउवा सरकारमा कम्युनिष्ट हाबी भएको हेर्न चाहँदैनन् भने अर्कोतिर एमसीसीको घाँडो पन्छाउन उनीहरूको ‘उपयोग’ गरेको काङ्ग्रेसले प्रचण्ड र माधवलाई हिजो जत्तिको भाउ दिन छोडेको छ र उनीहरूसँग चुनावमा गठबन्धन नगर्ने बताइसकेको छ ।

एमालेको सरकारभन्दा काङ्ग्रेसको सरकारलाई क्रान्तिकारी र अग्रगमनकारी देख्ने, एमालेभन्दा काङ्ग्रेस संस्कारी देख्ने माधव नेपालकै कारण नेपालको कम्युनिष्ट आन्दोलनले एउटा चोट पाएको छ । एमालेको सचेत साङ्गठनिक र वैचारिक पहलकदमीले त्यो चोटको निदान र उपचार भइसकेको छ तर चारतिरबाट माधवले पाउने चोटले उनको राजनीतिको इहलीला सकिने चाहिँ निश्चित छ । जीवनको उत्तरार्धमा उनले जीवनभर कमाएको ख्याति समाप्त पार्नुबाहेक केही हात नलाग्ने पक्का छ । राजनीतिमा चतुर खेलाडी माधव नेपालले देउवाको सरकार ‘दुःख गरेर’ टिकाउने काम त गरिरहेका छन् तर उनकै सन्निकट बर्बादी देख्न सकेका छैनन् । 

प्रख्यात रसियन साहित्यकार लियो टाल्स्टायले मानिसलाई मृत्युको जानकारी दिइन्न भन्ने एउटा प्रसङ्ग यसरी बताउँछन् । ईश्वर जुत्ता सिलाउनेको भेषमा जुत्ता सिलाइ रहेको हुन्छ । एउटा धनाढ्य मानिस पाल्कीमा चढेर जुत्ता अर्डर गर्न त्यहाँ आउँछ । उसले रवाफले त्यो जुत्ता सिलाउनेलाई धम्कीपूर्ण भाषामा अर्डर गर्छ ‘एक वर्षसम्म मेरो जुत्ताको कुनै टाँका चुँडिएमा राम्रो हुनेछैन।‘ तर त्यो मानिसलाई लिन पछि पछि यमराज आएको रहेछ । केही मिनेटमै उसलाई यमदूतले लछारपछार गर्दै लैजान्छन् । एक वर्षसम्म टाँका नखुस्किने चप्पल कता कता ! 

माधवको हालत त यस्तो छ नै, क्रान्तिनायक मानिएका वर्तमान सरकारको किङ मेकर मानिएका प्रचण्ड हालत पनि त्यस्तै छ । दुवैको राजनीति अवसान सन्निकट छ । देउवा नेतृत्वको गठबन्धन चुनावसम्म टिकाउने र एमालेलाई धमाका दिने गुड्डी हाँकिरहेका उनीहरूको माथि जति नै चुरीफुरी देखिए पनि  ग्राउन्डचाहिं शून्य हुँदै गएको छ ।  
 

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ८ : ५१ बजे