काठमाडौं – परराष्ट्र मन्त्रालयले अन्तर्राष्ट्रिय सम्बन्ध तथा विदेश नीतिका विषयमा गहन छलफल गर्न ‘यदुनाथ खनाल प्रवचन’ श्रृंखला सुरु गर्ने भएको छ ।
चालु आर्थिक वर्ष २०७८/७९ बाट श्रृंखला सुरु गरिने परराष्ट्रमन्त्री डा. नारायण खड्काले जानकारी दिएका हुन् ।
‘विश्व राजनीति, क्षेत्रिय विकास, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, पराष्ष्ट्र नीति र जल्दाबल्दा विषयमा राजनीतिज्ञ, कुटनीतिक जगत, बुद्धिजिवी, सञ्चार जगतबीच यदुनाथ खनाल प्रवचन श्रृखला सुरु गरी छलफल गराउने योजना हाम्रो रहेको छ,’ उनले भने ।
यदुनाथ खनाल नेपालको अब्बल कूटनीतिज्ञको रुपमा चिनिन्छन् । उनको निधन सन् २००४ मा भएको थियो ।
प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार ७ : ५० बजे
प्रतिक्रिया