सुनको मूल्यमा नयाँ कीर्तिमान

जब सेन्टरको नाममा ठगि गर्ने गिरोह पक्राउ

काठमाडौँ – उपत्यकाको विभिन्न स्थानमा जब सेन्टरहरू स्थापना गरी विभिन्न काममा जागिर लगाइदिने बहानामा ठगी गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

अनुसन्धानमा खटेका विशेष प्रहरीको टोलीले काठमाण्डौको कोटेश्वर,नयाँबानेश्वर,चाबहिल,बालाजु लगायतका स्थानहरूबाट ठगीमा सक्रिय व्यक्तिहरूलाई पक्राउ गरेको छ  ।

उक्त कम्पनीहरूले सामाजिक सञ्जाल,पत्रपत्रिका , प्रचारपम्पलेट का माध्यमबाट घरमै बसी जागिर मिल्छ भनी प्रचारप्रसार गर्ने तथा जागिरका लागि उक्त जब सेन्टरको सम्पर्कमा आउने व्यक्तिहरूलाई फारम भर्ने बहानामा रु ३०० देखी रु ५०० सम्म फारम चार्ज तथा १००० देखि ६००० सम्म जब ग्यारेन्टी शुल्क लिने गरेको पाइएको थियो ।

फारम भर्ने व्यक्तिहरूलाई विज्ञापनमा उल्लेखित सर्त बमोजिमको काममा नलगाउने तथा जागिरमा लगाई हाले पनि तोकिए बमोजिम तलब र सुविधा नदिई केही सम्मानै उक्त जागिर छोड्न बाध्य बनाउने गरेको अनुसन्धान बाट खुलेको छ । कुनै एक जब सेन्टरमा फारम दर्ता गरिसकेको व्यक्तिलाई तपाईँको जागिर पक्का भइसकेको छ भनी एक जब सेन्टरबाट अर्को जब सेन्टरमा पठाई त्यहाँ समेत फारम शुल्क असुल्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

जागिर लगाइदिने भन्दै ठगी गर्नेहरूमा जिल्ला अर्घखाँची छत्रदेव गा.पा. वडा नं. ६ ठुला पोखरी घर भई हाल जिल्ला भक्तपुर , लोकन्थली बस्ने का.जि. का.म.न.पा.१० नयाँ बानेश्वर स्थित Society Welfare facilities management services Pvt.Ltd. का सञ्चालक वर्ष २६ को अमर पाण्डे, जिल्ला अर्घखाँची छत्रदेव गा.पा. वडा न. ६ घर भई हाल जि. काठमाडौँ पेप्सिकोला बस्ने वर्ष ३२ को तिलकराम पाण्डे, जिल्ला लमजुङ दुधपोखरी गा.पा. २ घर भई हाल का.जि. तारकेश्वर न.पा. जरखुं बस्ने का.जि. का.म. न.पा. १६ बालाजु स्थित दूध पोखरी जब प्लेसमेन्ट एन्ड ट्रेनिङ सेन्टर का सञ्चालक वर्ष २२ को आनन्द मरहठ्ठा , जिल्ला सिराहा , सिराहा न.पा. वडा नं. १९ घर भई हाल जिल्ला ललितपुर सानोगाँउ बस्ने का.जि. का.म.न.पा. ३२ कोटेश्वर स्थित NN Multipurpose Pvt.Ltd. का सञ्चालक वर्ष २३ को विवेक यादव , जिल्ला ओखलढुङ्गा सिद्धिचरण न.पा.वडा नं. ३ अँधेरी घर भई हाल का.जि. कपन बस्ने का.जि. का.म.न.पा.वडा ‍नं. ३२ आकाशे पुल स्थित -ABS Job and training Center pvt.Ltd र हलेसी सेक्युरिटी सर्भिस प्रा.लि.का सञ्चालक वर्ष २८ का अश्विन राई, जिल्ला सिन्धुली फिक्कल गा.पा. वडा नं. २ घर भई हाल जिल्ला काठमाडौँ जडीबुटी बस्ने का.जि.का.म.न.पा. वडा नं. ३२ कोटेश्वर स्थित सिन्धु रोजगारी सेवा का सञ्चालक वर्ष २२ का घनश्याम पहाडी, जिल्ला रौतहट चन्द्रपुर न.पा. वडा नं. ४ घर भई हाल जिल्ला काठमाडौँ जडीबुटी बस्ने का.जि. चाबहिल स्थित प्राश्ना जब ईन्टरनेशनल मल्टिप्रपोज प्रा.लि. का सञ्चालिका वर्ष २५ की सृजना लामिछाने रहेका छन्  ।

त्यस्तै जिल्ला मोरङ विराटनगर उपमहानगरपालिका – ४ घर भई हाल काठमाडौँ जिल्ला कोटेश्वर बस्ने का.जि.का.म.न.पा. ३२ कोटेश्वर स्थित Quickmandu MP Pvt.Ltd.का सञ्चालिका वर्ष ४० की ज्ञानु न्यौपाने र जिल्ला रौतहट मौलापुर गाउँपालिका वडा नं.५ घर भई हाल जिल्ला काठमाडौँ कोटेश्वर बस्ने का.जि. का.म.न.पा. वडा नं. ३२ कोटेश्वर स्थित अनमोल जब मल्टिपल प्रा. लि.का सञ्चालक वर्ष २२ का राम वचन कुमार यादव रहेका छन् ।

उपत्यकाका विभिन्न स्थानमा जागिर लगाइदिने प्रलोभनमा ठगी भइरहेको पाइएकाले रोजगारदाता कम्पनीको पृष्ठभूमि अध्ययन गर्नु हुन सम्बन्धित सबैमा प्रहरीले अनुरोध समेत गरेको छ ।

ठगीमा सक्रिय व्यक्तिहरू पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर र बालाजुमा पठाइएको छ  ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ६ : ४० बजे