मनसुन क्रमशः क्षीण हुँदै

अध्यक्ष ओलीद्वारा मानवाधिकार एलाइन्सको पॉचौं राष्ट्रिय महाधिवेशन उद्घाटन

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवाधिकार एलाइन्स) को पॉचौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्नुभएको छ ।

सोमबार पोखरामा नेकपा एमालेको जनसंगठन राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवाधिकार एलाइन्स) को पॉचौं राष्ट्रिय महाधिवेशन आज पोखरामा उद्घाटन गर्नुभएको हो ।

राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्च नेपालका अध्यक्ष मीनबहादुर शाहीको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका उपमहासचिवद्वय पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल, सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्यहरू खगराज अधिकारी, भानुभक्त ढकाल, डा. राजन भट्टराई, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा, पोलिट्ब्युरो सदस्य तथा संगठनका इन्चार्ज पार्वत गुरुङलगायतले कार्यक्रममा सहभागिता जनाउनुभएको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ४ : ३५ बजे