काठमाडौं – नेपालमा थप ८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६३८ नमुना परीक्षण गर्दा ८८ जनामा कोरोना पोजेटिभ देखिएको हो । यस्तै, आज थप ३७६ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार १५० रहेको छ ।
पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट एकैदिन थप १ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९४८ पुगेको छ ।
प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार ४ : १९ बजे
प्रतिक्रिया