मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

अध्यक्ष ओली पोखरामा

पोखरा – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पोखरा आइपुग्नुभएको छ ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली सोमबार दिउँसो पोखरा आइपुग्नुभएको हो ।

अध्यक्ष ओलीले पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्नुका साथै विभिन्न पार्टी परित्याग गर्ने नवप्रवेशीलाई उहाँले पार्टीमा प्रवेश गराउने कार्यक्रम समेत रहेको छ ।

स्थानीय तहकाे निर्वाचनकाे मिति तय भइसकेको हुनाले अध्यक्ष ओली अहिले देश दाैडाहमा हिड्नु भएको छ ।

यसअघि ओलीले नवलपरासी पूर्वको मध्यविन्दु वहुमुखी क्याम्पस, कावासोतीको १६औं स्थापना दिवस समारोहमा सहभागीता जनाउनुभएको थियो । 

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ३ : ०८ बजे