मनसुन क्रमशः क्षीण हुँदै

डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

घले गाउँमा २१ वर्षमा दुई लाखभन्दा बढी पर्यटक भित्रिए

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिका–३ मा पर्ने घले गाउँमा २१ वर्षमा दुई लाखभन्दा बढी पर्यटक भित्रिएका छन् ।  स्मार्ट भिलेजको रूपमा परिचित घले गाउँ २०५७ सालदेखि १२ घरबाट होमस्टे सञ्चालन गरिएको थियो ।

घले गाउँका १ सय ३५ घरमध्ये हाल ४२ घरमा होमस्टे सञ्चालन गरिएको जानकारी दिनुभएका घले गाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले अब सुखी गाउँको रूपमा घोषणा गरिने बताउनुभयो ।

२०५६ देखि स्थानीयले पर्यटन प्रवर्द्धनका कार्यक्रमको सुरुवात गरेका थिए ।  स्मार्ट भिलेजको रूपमा परिचित घले गाउँ आन्तरिक र बाह्य पर्यटकको गन्तव्य बनेको दुई दशकको अवधिमा दुई लाख १२ हजारभन्दा बढी पर्यटक घले गाउँ भित्रिएका छन् ।

आर्थिक वर्ष ०५७/०५८ मा घरबास (होमस्टे) सुरु भएपछि हालसम्मको २१ वर्षमा दुई लाख १० हजार ४सय५ पर्यटक भित्रिएका छन् । उक्त अवधिमा आन्तरिक मात्र दुई लाख पाँच हजार ४सय६ पर्यटक भित्रिए ।

पछिल्लो दुई वर्षको निषेधाज्ञापछि घले गाउँमा पर्यटक आगमन पुरानै लयमा फर्किएको छ । 

 

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  १० : २२ बजे