दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

आज थप ६८ जनामा कोरोना संक्रमण पुष्टि २ को मृत्यु

काठमाडौं । २२ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

४ हजार ९२९ नमूना परीक्षणमध्ये ५४ पीसीआर र १४ जनामा एन्टिजेन परीक्षणबाट उक्त संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २ संक्रमितको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९४७ पुगेको छ ।

मन्त्रालयका अनुसार आज थप ५३८ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर ६ हजार ४६१ सक्रिय संक्रमितको संख्या रहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ५ : १० बजे