दलित गाउँका पहिलो शिक्षक

सेयरबजारमा सामान्य गिरावट

काठमाडौं – सेयरबजार मापक नेप्से परिसूचकमा आज सामान्य अङ्कको गिरावट आएको  छ। नेप्से परिसूचक आज ३.६६ अङ्कले घटेर २ हजार ५४३.३९ बिन्दुमा झरेको छ। 

आइतबार सेयरबजारमा कुल १९२ कम्पनीको ५१ लाख ३९ हजार २३९ कित्ता सेयर खरिद बिक्री भएको थियो भने २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार २७२ रुपैयाँ बराबरको कारोबार भएको थियो । आज १०१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ७८ कम्पनीको सेयर मूल्य बढेको छ र १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साताको पहिलो दिन सेयरबजारमा सबैभन्दा बढी गुमाउनेमा शिवम सिमेन्ट रहेको छ भने सबैभन्दा बढी कमाउनेमा मैलुंग खोला जलबिद्युत कम्पनी रहेको छ ।

त्यस्तै आज कारोबार रकमका आधारमा शिवम सिमेन्टले १५ करोडभन्दा बढीको शेयर कारोबार गरेर शीर्ष स्थानमा रहेको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ३ : १४ बजे