मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

संसदले गठन गर्‍यो महाअभियोग सिफारिस समिति 

काठमाडौं – प्रतिनिधिसभा बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि अध्ययन गर्न  ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकले एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र जनता समाजवादीका सांसदलाई समेटेर महाअभियोग सिफारिस समिति गठन गरेको हो । 

समितिमा एमालेबाट विष्णु  पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्ण भक्त पोखरेल, कांग्रेसबाट मिनबहादुर विक, रामबहादुर विष्ट, माओवादी केन्द्रबाट यसोदा सुवेदी, रेखा शर्मा, एकीकृत समाजवादीबाट कल्याणी खड्का, लोसपाबाट एकवाल मियाँ र जसपाबाट प्रमोद साह छन् । 

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  २ : १८ बजे