दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

ज्येष्ठ नागरिकले गरे विद्यालयलाई सहयोग

म्याग्दी।  मालिका गाउँपालिका–४ च्युरीबोटमा रहेको सिद्धार्थ माविलाई चार ज्येष्ठ नागरिकले शनिबार रु तीन लाख ७० हजार सहयोग गर्नुभएको छ । 

च्युरीबोटमा जन्मिएर हाल बेलायत बस्दै आउनुभएका नरबहादुर पुन, उहाँकी श्रीमती धनमाया, पोखरा बस्ने तनमाया पुनले रु एक÷एक लाख र च्युरीबोटकी लालसरी घर्तीले रु ७० हजार सहयोग गर्नुभएको छ । नरबहादुर, धनमाया र तनमायाले चौरासी वर्ष पुगेका अवसरमा विद्यालयमा स्थापित सिद्धार्थ अक्षयकोषलाई रकम उपलब्ध गराउनुभएको हो । 

तनमायाले दिवङ्गत श्रीमान् हिमप्रकाश घर्ती (पुन)को स्मृतिमा सहयोग गर्नुभएको हो । हिमप्रकाशको गत वर्ष दुर्घटनामा ज्यान गएको थियो । उहाँहरुले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर पुन, प्रअ ललितबहादुर घर्ती र सिद्धार्थ मावि अक्षयकोषका अध्यक्ष भिजेन्द्रमान पुनलाई नगद हस्तान्तरण गर्नुभयो । चौरासी वर्ष पुगेको खुसियाली मनाउने फजुल खर्च बचाएर आफ्नो जन्मथलोमा विद्यालय सञ्चालन गर्न स्थापित अक्षयकोषमा सहयोग गरेको नरबहादुरले बताउनुभयो । नरबहादुरका दम्पत्तिले यसअघि अक्षयकोषमा रु २५ हजार सहयोग गर्नुभएको थियो । 

कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा तीन निजी स्रोतका शिक्षक छन् । विद्यालयमा एक सय ६८ विद्यार्थी छन् । निजी स्रोतबाट मावि सञ्चालन गरिएको हो । विद्यालयले सहयोगदातालाई सम्मान गरेको थियो । रासस

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  १ : २७ बजे