काठमाडौँ । सुनको मूल्य साताको पहिलो दिन आइतबार प्रति तोलामा दुई हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेर एक लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि, गत साताको अन्तिम दिन शुक्रवार छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आइतबार तेजाबी सुनको मूल्य तोलाको एक लाख एक हजार ४०० रुपैयाँ कायम गरिएको महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य पनि प्रति तोलामा ३५ रुपैयाँको दरले बढेको छ । शुक्रवार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार ११ : १४ बजे
प्रतिक्रिया