किभ । रुसी सेनाले घेराबन्दी गरेको युक्रेनी सहर मारिओपोलमा तीव्र गोलाबारी भएको विवरणहरू सार्वजनिक भएका छन् ।
यसअघि मानवीय सहायताका लागि भन्दै रुसी सेनाले सो सहरमा अस्थायी युद्ध बिराम घोषणा गरेको थियो ।
रुसी सेनाको गोलाबारीका कारण सर्वसाधारणलाई मारिओपोलबाट बाहिर लैजाने कार्य स्थगित गरिएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
रुसी सेनाले बम बारी र गोलाबारी तीव्र पारेको मारिओपोलका मेयर भदयाम बोयचेन्कोले बताउनुभएको छ ।
“आवासीय ब्लकहरूमा निरन्तर गोलाबारी जारी छ । आवासीय क्षेत्रमा विमानले बमहरू खसाली रहेका छन्” उहाँको भनाई उद्धृत गर्दै एपी समाचार संस्थाले जनाएको छ । एजेन्सी
प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार ८ : १९ बजे
प्रतिक्रिया