प्रतिनिधिसभा बैठक बस्दै, त्यसअघि कार्य व्यवस्था समितिको बैठक पनि बस्ने 

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै छ । 

दिउँसो १ः०० बजे बस्ने बैठकका सम्भावित कार्यसूची सार्वजनिक भएको छ । जसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले “अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन” पेस गर्नुहुने छ ।

संसद् बैठकअघि सभामुख अग्नि सापकोटाले बिहान साढे ११ः३० बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । 

प्रमुख प्रतिपक्षी  दल नेकपा एमालेले गत भदौ २३ गतेदेखि लगातार संसद् अवरोध गर्दै आएको छ । आजको बैठकमा पनि एमालेले अवरोध कायमै राख्ने जनाएको छ । 

 

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ७ : ५९ बजे