प्रेस चौतारीले चयन गर्‍यो प्रदेश कमिटी, कुन प्रदेशमा को अध्यक्ष ?

काठमाडौँ । प्रेस चौतारी नेपालले प्रथम प्रादेशिक अधिवेशनबाट प्रदेश कमिटी चयन गरेको छ । चौतारीले सात वटै प्रदेश, उपत्यका प्रदेश, प्रतिष्ठान र एशोसियटमा कमिटी चयन गरेको हो ।

प्रदेश १ मा अविजाल विष्टको नेतृत्वमा नयाँ कमिटी गठन भएको छ भने मधेस प्रदेशमा फणि महत अध्यक्ष चयन हुनुभएको छ ।

त्यस्तै, बागमतीमा शरद सापकोटा, गण्डकीमा इन्द्र पौडेल, लुम्बिनीमा शोभाखर पन्थी, कर्णालीमा प्रकाश अधिकारी र सुदूरपश्चिममा कृष्ण ओली अध्यक्षमा चयन हुनुभएको छ ।

त्यसैगरी, उपत्यका प्रदेशमा विष्णु आचार्यको नेतृत्वमा कमिटी चयन भएको छ भने प्रतिष्ठान प्रदेशमा सरोज ढुङ्गेल र 

एशोसियट प्रदेशमा श्रीहरि थापा नेतृत्वमा आउनुभएको छ । 

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ७ : ४२ बजे