दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

वैशाखमा  ‘नेपाल फर्मा एक्स्पो’ हुने 

काठमाडौँ । नेपाल औषधि उत्पादक सङ्घले नेपाली औषधिबारे जानकारी दिन  ‘नेपाल फर्मा एक्स्पो’ को आयोजना गर्दैछ ।

सङ्घले आगामी वैशाख ९ गतेदेखि ११ गतेसम्म चितवनको भरतपुरमा एक्स्पो गर्न लागेको हो । 

यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष प्रज्वलजङ्ग पाण्डेले नेपालमा उत्पादन भइरहेको औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशीलताबारे जानकारी गराउनका लागि एक्स्पो गर्न थालिएको जानकारी दिनुभयो । 

नेपालको औषधि उत्पादनलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन अझ प्रविधिमैत्री र दक्षता प्रदान गर्न, औषधि प्राविधिक तथा फर्मासिस्टहरुलाई अन्तर्राष्ट्रियस्तरको नवीन प्राविधिक ज्ञान दिने उद्देश्यले पनि एक्स्पो आयोजना गर्न लागिएको उहाँको भनाइ थियो । 

अध्यक्ष पाण्डेले नेपाली औषधि विदेशी औषधिभन्दा सस्तो र गुणस्तरीय रहेको बताउनुभयो । उहाँले सरकार र राजनीतिक दलको सहयोग भए नेपाललाई औषधिमा निर्भर बनाउन सकिने धारणा व्यक्त गर्नुभयो ।

एक्स्पो संयोजक नारायणबहादुर क्षेत्रीले नेपाली औषधिलाई सबै जिल्लामा पुर्‍याइरहेको जानकारी दिनुभयो । 

उहाँका अनुसार एक्स्पोमा रहने १६० कक्षमा औषधिमा नयाँ प्रविधिको खोज गरिरहेका १२० बहुराष्ट्रिय कम्पनी र ४० नेपाली औषधि उद्योगको सहभागिता  हुनेछ ।

वार्षिक रु ६० अर्बको नेपाली औषधिको कारोबार हुने गरेको र औषधि उद्योगमा ५० हजार मानिसले रोजगार पाएका छन् ।

नेपालमा ३५ वटा प्राविधिक कलेजबाट एक हजार ५०० औषधि प्राविधिक र ५०० फर्मासिस्ट उत्पादन हुँदै आएका छन् । रासस 

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ११ : २२ बजे