साफ यू–१७ च्याम्पियनसिप आजदेखि

मेरी दिदी !

जलेर आफू उज्यालो दिन्छौ, के नाम दिउँ तिमीलाई 
डुबेर आफू उतार्छौ अरू, के भनौँ तिमीलाई ?

आफै जल्ने, आफैलाई भुल्ने, मान्छे त होइनौ तिमी
स्वार्थविनाको भगवानभन्दा कम्ती त छैनौ तिमी ।

खसेर आफू उठाउँछौ अरू, के भनौँ तिमीलाई
जलेर आफू उज्यालो दिन्छौ, के नाम दिउँ तिमीलाई ?

भोकै विनाको, प्यासै विनाको ढुङ्गा पो हौ कि तिमी 
अरूले चढ्ने, अरू पार तर्ने डुँगा पो हौ कि तिमी ?

बगेर आफू पार तार्छौ अरू, के भनौँ तिमीलाई 
​​​​​​​जलेर आफू उज्यालो दिन्छौ, के नाम दिउँ तिमीलाई ?

 

 

 

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ९ : ०० बजे