‘एउटै नाउरको सिकार गर्न २३ लाख’

नमोबुद्ध नगरपालिका नगरभित्रका किशोरीलाई आत्मरक्षा तालिम

काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकाले नगरभित्रका किशोरीका लागि आत्मरक्षा तालिम दिन सुरु गरेको छ । 

तीन दिने उक्त तालिम शुक्रवारदेखि नमोबुद्ध नपा–८ स्थित दाप्चा माध्यमिक विद्यालयमा सुरु गरिएको हो । 

लैङ्गिक हिंसा न्यूनीकरण गर्ने उद्देश्यले आयोजित उक्त तालिममा नगरको वडा नं १, ७, ८, ९ र १० का पाँच विद्यालयको ४० किशोरी सहभागी भएका छन् । नगरपालिकाको सहयोगमा मण्डनदेउपुर नगरको द माउन्ट एभरेस्ट तेक्वान्दो डोजाङले सञ्चालन गरेको उक्त तालिम नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले शुभारम्भ गर्नुभयो । 

तालिममा कुनै पनि दुर्व्यवहारको प्रश्न उठाउन, तत्काल प्रतिवाद गर्न, स्थानीय तह वा प्रहरी सक्षम गएर उजुरी गर्न, वा भौतिक रूपमा प्रतिकारसमेत गर्न सक्ने बनाउनेलगायत विषयमा जानकारी दिइने छ । यस्तै त्यस्ता घटनको कानुनी व्यवस्थाबारे पनि  जानकारी दिइने छ ।

नगर प्रमुख तिमल्सिनाले तालिमले हिंसामुक्त समाज निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै यस्तो तालिम अब निरन्तररुपमा सञ्चालन गरिने जानकारी दिनुभयो । 

“महिलामैत्री र  बालमैत्री नगर निर्माणका लागि आफूहरूले निर्वाचित भएदेखि नै निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएका छौँ”, उहाँले भन्नुभयो । नगर उपप्रमुख रामदेवी तामाङले किशोरी भएदेखि नै लैङ्गिक हिंसा सुरु हुने भएकाले त्यसलाई न्यूनीकरण गर्न यस्ता तालिमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । रासस 

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ७ : ४१ बजे