सुनको मूल्यमा नयाँ कीर्तिमान

गैंडा मारी खाग चोरी गरेको आरोपमा एक जना पक्राउ 

काठमाडौं ।  चितवन राष्ट्रिय निकुञ्जमा गत असारमा गैंडा मारी खाग चोरी लगेको घटनामा संलग्न रही फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–२ घर भएका ४० वर्षीय राजन प्रजा छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । 

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई बनस्थलीबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक कानुनी कारबाहीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय पठाइएको छ ।  

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ३ : ४४ बजे