‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

भारतमा कोरोनाभाइरसबाट थप छ हजार सङ्क्रमित

नयाँ दिल्ली ।​​​​​​​   भारतमा कोरोनाभाइरसबाट थप छ हजार सङ्क्रमित भएका छन् ।पछिल्लो केही समयदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्या निरन्तर ओरालो लागिरहेकाले शुक्रबारको विवरण पनि अघिल्लो दिनको तुलनामा कम देखिएको छ ।

सरकारी अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा छ हजार ३९६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सोही अवधिमा १३ हजार ४५० जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले ६९ हजार ८९७ जना कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेको जनाएको छ ।

पछिल्लो एक दिनमा कोरोनाका कारण २०१ जनाको मृत्यु भएको छ भने अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या पाँच लाख १४ हजार ५८९ पुगेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ३ : २२ बजे