‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

पाकिस्तानमा ९५३ कोरोनाका नयाँ सङ्क्रमित, ११ को मृत्यु

पाकिस्तान । पाकिस्तानमा बुधबार थप ९५३ जना कोरोना सङ्क्रमित भएका छन् । गत २४ घण्टामा यहाँ कोरोना सङ्क्रमणका कारण ११ व्यक्तिको मृत्यु भएको नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर (एनसीओसी) ले बुधबार जानकारी दिएको छ ।

पाकिस्तानमा हालसम्म १५ लाख १२ हजार ७०७ लाई कोरोना सङ्क्रमण देखापरेको छ ।  तीमध्ये १४ लाख ५१ हजार ६६५ कोरोना भाइरस मुक्त भएका एनसीओसीले जनाएको छ । हाल पाकिस्तानमा ८९० गम्भीर बिरामीसहित ३० हजार ७९४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।  

गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण थप  ११ को मृत्यु भएसँगै पाकिस्तानमा कोरानाबाट ज्यान गुमाउनेको सङ्ख्या ३० हजार २४८ पुगेको छ ।

पाकिस्तानको दक्षिणी प्रान्त सिन्ध सबैभन्दा बढी कोरोना प्रभावित क्षेत्र हो । यहाँ पाँच लाख ६९ हजार ३३८ जनालाई  कोरोना सङ्क्रमण भएको छ । त्यसपछि पूर्वीप्रान्त पञ्जाबमा पाँच लाख २ हजार २६४ कोरोना सङ्क्रमण भएको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  २ : ११ बजे