‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

युक्रेनमा परमाणु पावर प्लान्टमा लागेको आगो नियन्त्रणमा 

लण्डन ।  युक्रेनको परमाणु पावर प्लान्टमा लागेको आगो नियन्त्रणमा आएको छ । 

रुसी आक्रमणका कारण प्लान्टमा रहेको पाँच तले तालिम केन्द्र रहेको भवनमा आगो लागेको युक्रेनले जनाएको छ । 

आगलागीले प्लान्टमा कुनै नोक्सानी नगरेको बताइएको छ । 

युक्रेनको आपत्कालिन सेवाका अधिकारीलाई सुरुमा आगलागी भएको स्थानमा जान दिइएको थिएन । पछि उनीहरुलाई प्रवेश दिएपछि आगो नियन्त्रणमा आएको थियो । 

घटनामा कोही पनि हताहता नभएको युक्रेनको आपत्कालिन सेवाले जनाएको छ । 

आगलागी भएपछि युक्रेनका राष्ट्रपति वोलोदोमीर जेनन्स्कीले ट्वीटर मार्फत रुसले प्लान्टमा आक्रमण गरेको जनाएका थिए । 

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  १२ : ५१ बजे