‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

रुस–युक्रेन युद्धः दश लाखभन्दा बढीले छोडे युक्रेन

ब्रसेल्स ।  रुस र युक्रेनबीच चलेको युद्धका कारण १० लाखभन्दा बढीले युक्रेन छोडेका छन् । 

नौ दिनदेखि चलिरहेको युद्धका कारण उनीहरुले देश छोडेको राष्ट्रसंघले जनाएको छ । 

युक्रेन छोडेका शरणार्थीहरु पोल्याण्ड, हंगेरी, रोमानिया र माल्दोभातर्फ गइरहेका छन् । 

युद्धका कारण देश छोडेर अन्य देशमा गएका शरणार्थीलाई तीन वर्षको अस्थायी आवासीय अनुमति प्रदान गर्ने निर्णय युरोपेली संघले गरेको छ । 

ब्रसेल्समा बिहीबार बसेको युरेपेली संघका गृहमन्त्रीहरुको बैठकले सो निर्णय गरेको हो । संघले यसअघि यस्तो सुविधा दिएको थिएन । 

युक्रेनी शरणार्थीहरुले संघको सदस्य देशमा रहँदा शिक्षा तथा स्वास्थ्य सम्बन्धि सुविधा पनि पाउने छन् । 

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  १२ : ३० बजे