साफ यू–१७ च्याम्पियनसिप आजदेखि

शैलुङ साहित्यिक–सांस्कृतिक महोत्सव उद्घाटनका लागि एमाले अध्यक्ष ओली दोलखामा 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज दोलखा पुग्नुभएको छ । 

मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले दोलखास्थित शैलुङ डाँडामा आयोजना गरेको शैलुङ साहित्यिक–सांस्कृतिक महोत्सव–२०७८ को उद्घाटनका लागि अध्यक्ष ओली दोलखा जानुभएको हो । 

उहाँ अहिले दोलखा पुगिसक्नुभएको छ ।  धर्मपत्नी राधिका शाक्यसहित दोलखा पुग्नुभएको अध्यक्ष ओलीले  महोत्सव उद्घाटन गर्नुअघि कालिञ्चोकबाट हिमशृङ्खला नियाल्दै रमणीय वातावरणको अवलोकन गरिरहनुभएको चक्रपथ डटकमकर्मी आशिष पौडेलले जानकारी दिनुभयो । 

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  १० : ५९ बजे