काठमाडौँ । सरकारी स्वामित्वको नेपाल बैङ्कले ठुलो सङ्ख्यामा कर्मचारी माग गरेको छ ।
लोकसेवा आयोगको सहमतिमा ३ सय ३ स्थायी कर्मचारी पदपूर्तिका लागि बैङ्कले शुक्रवार दरखास्त आह्वान गरेको हो ।
आयोगले ६२ जना सहायक प्रबन्धक मागेको छ भने सहायक पदमा १ सय ५० जनाका लागि जागिरको अवसर छ । त्यस्तै, कनिष्ठ सहायकमा ९१ जनाका लागि दरखास्त आह्वान भएको छ ।
बैङ्कले सहायक प्रबन्धकमा ५६, सहायक प्रबन्धक (सिए) मा २ र सहायक प्रबन्धक(आइटी)मा ४ जना मागेको हो ।
सहायक प्रबन्धकका लागि व्यवस्थापन वा अर्थशास्त्र (मानविकी) मा न्यूनतम स्नातकोत्तर हुनुपर्नेछ भने सिएका लागि सिए/एसीसीए उत्तीर्ण हुनुपर्नेछ । त्यस्तै, आइटी दरखास्त दिन सूचना प्रविधिमा बीसीए/बीसीआइकम/बीआइटी/बीआइएम/बीएस्सी हुनुपर्नेछ ।
बैङ्कले सहायक र कनिष्ठ सहायकका लागि प्रदेशगत कोटा छुट्याएको छ । १ सय ४८ जना सहायक मागेको बैङ्कले प्रदेश १ र मधेसमा ३१/३१ जनाका लागि कोटा छुट्याएको छ ।
बैङ्कले बागमतीमा ५१, गण्डकीमा १०, लुम्बिनीमा २१ तथा कर्णाली र सुदूरपश्चिममा २÷२ जना सहायक मागेको छ । यसका लागि व्यवस्थापन वा अर्थशास्त्रमा स्नातक उत्तीर्ण हुनुपर्नेछ ।
सहायक आइटी बागमतीका लागि २ जना माग गरिएको छ । बैङ्कले ९१ जना कनिष्ठ सहायक मागेको छ । जसअनुसार प्रदेश १ मा १६, मधेसमा १५, बागमतीमा २७, गण्डकीमा १२, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ५ जना माग गरिएको छ । यसका लागि व्यवस्थापनमा प्रमाणपत्र÷ प्लस टु उत्तीर्ण हुनुपर्नेछ ।
योग्यता पुगेका उम्मेदवारले १० चैतसम्म अनलाइनबाट आवेदन दिन सक्ने बैङ्कले जनाएको छ ।
प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार ८ : ४३ बजे
प्रतिक्रिया