मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

राष्ट्रियसभाका २० जना सांसदको पदावधि आजबाट सकिँदै

​​​​​​​काठमाडौँ । २०७४ सालमा निर्वाचित भएर गोला प्रथाबाट चार वर्षे कार्यकालमा परेका २० सांसदको पदावधि आजबाट सकिँदै छ ।

रिक्त पदका लागि निर्वाचित भइसकेका सन्दर्भमा चार वर्षे पदावधि भएका २० राष्ट्रियसभा सदस्यको पद आजबाट सकिन लागेको हो ।

आजबाट बिदा हुने सांसदमा एमालेका अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेल रहनुभएको छ  ।

काँग्रेसका दृगनारायण पाण्डे, तारादेवी भट्ट, राधेश्याम अधिकारी पनि आजबाट राष्ट्रियसभाबाट बाहिरिँदै हुनुहुन्छ । नेकपा माओवादी केन्द्रका खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा र शशीकला दाहालको पदावधि पनि आजबाट सकिँदै छ ।

नेकपा एकीकृत समाजवादीका उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिसी र शेरबहादुर कुँवरको पद पनि आजबाट समाप्त हुँदैछ । मनोनीत सांसद रामनारायण विडारी पनि राष्ट्रियसभाबाट आजै बिदा हुनुहुने भएको छ ।

२०७५ असार ४ गते भएको गोला प्रथा अनुसार आजबाट रिक्त हुने सांसदले चार वर्षे कार्यकालका चिट्ठा समाउनुभएको थियो । जसअनुसार उहाँहरूको कार्यकाल ४ वर्ष मात्रै हुन पुगेको हो ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ८ : १० बजे