मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

प्रचण्डले देश जोगाउ होइन आफ्नो छाला बचाउनका लागि एमसीसी पास गरे : बाँस्कोटा 

सुर्खेत । नेकपा एमालेका नेता  एवं पूर्वसंचारमन्त्री गोकुल बाँस्कोटाले एमसीसी पास गर्दा पुष्पकमल दाहालले अमेरिकी साम्राज्यवाद भन्न विर्सनुभएको भन्दै व्यङ्य गर्नुभएको छ ।

उहाँले प्रचण्डले देश र संविधान जोगाउन नभई  आफ्नो छाला बचाउनका लागि एमसीसी पास गर्न सहमत भएको बताउनुभयो । उहाँले प्रचण्ड र माधवविरुद्ध खनिदै भन्नुभयो, ‘पुष्पकमलले ल्याएर आएको संविधान होर ? अघिल्लो दिनसम्म राष्ट्रघात पछिल्लो दिन सहमति यो के नाटक हो ?’ 

प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिको प्रथम अधिवेशनमा बोल्दै बाँस्कोटाले आगामी निर्वाचनपछि पनि एमाले पहिलो पार्टी बन्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो देशमा ओलिवेशन आयो–आयो म दाबीका साथ भन्छु, आउने निर्वाचनमा हामी पहिलो पार्टी बन्छौं ।’
नेकपा एमाले रातो घोडा भएको भन्दै उहाँले अन्य दलहरूलाई एमालेसँग लड्न आउन चुनौति दिनुभयो । वर्तमान गठबन्धन लामो समय टिक्न नसक्ने जिकिर गर्दै उहाँले एमालेसँग जो–जो आउनुहुन्छ लड्न आउनुस् हामी जित्छौँ भन्दै आग्रह समेत गर्नुभयो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  ४ : ०९ बजे