मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

एमसीसीको व्याख्यात्मक घोषणा जनता माथीको भ्रम : पोखरेल

धनगढी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमसीसीको व्याख्यात्मक घोषणाको नाममा जनतामाथि भ्रम छरिएको टिप्पणी गर्नुभएको छ । 

प्रेस चौतारी कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कानून र संविधानले मान्यतासमेत नदिएको विषयमा जनतालाई भ्रमित पारिएको बताए ।

‘व्याख्यात्मक घोषणा गरेर लाज जोगाउने प्रयास भएको छ । जे छ त्यही कुरा स्पष्ट पारिएको हो संशोधन गरिएको होइन । कार्यकर्ताहरूलाई भ्रम सृजना गरिएको छ ’, पोखरेलले भन्नुभयो, ‘हाम्रो संविधान र कानूनले व्याख्यालाई कानुनी हैसियत प्रदान गर्दैन । ’
कुनै पनि विषयमा संशोधन नहुने गरी हुबहु पारित गरेको भन्दै व्याख्यात्मक घोषणाको कुनै अर्थ नरहेको समेत उहाँले स्पष्ट पार्नुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘शेरबहादुर देउवाकै नेतृत्वमा माओवादीसहितको सरकारले हस्ताक्षर गरेको थियो उनीहरू मिलेर पारित गरे । जसले सम्झौता गरे उनीहरूले जिम्मा लिए । ’

उहाँले सभामुख अग्नि सापकोटा राजनीतिक पूर्वाग्रही बनेको आरोप लगाए । ‘सरकारको बिजनेस सभामुखले रोक्न मिल्दैन भन्ने हाम्रो अडान थियो त्यो पूरा भएको छ ’ पोखरेलले भन्नुभयो, ‘टेबल गर्नु परे आत्महत्या गर्छु भन्नु भएको थियो अहिले राजनैतिक पूर्वाग्रही भएको पुष्टि भएको छ । ’

एमालेसँग प्रधानमन्त्रीले पटक(पटक गरेको छलफल बारे पनि पोखरेलले स्पष्ट पार्नुभएको छ । , ‘सत्ता परिवर्तन गर्ने विषयमा छलफल थिएन । हामीले उनीहरूलाई सँगै राखेर यो प्रकरणमा जनतालाई देखाउनु थियो । उनीहरू सत्ता स्वार्थका लागि जो पनि गर्छन् भन्ने देखाउनु थियो त्यो जनताले देखिसकेका छन् ’ पोखरेलले भन्नुभयो ।

‘एमसीसीलाई पार्टी विभाजनको आधार प्रस्तुत गरेका माधव र प्रचण्डहरू सत्ताको लागि रमिता धेरै देखाउनु भयो । अन्तिममा पारित गर्ने उहाँहरु नै हुनभयो ’ पोखरेलले भन्नुभयो, ‘नेकपाको अन्तरसंघर्षका मुद्दा निरर्थक थिए । कुण्ठा र सत्ता स्वार्थ थिए भन्ने पुष्टि भएको छ । ’

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  २ : ११ बजे