डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

मिथिलाञ्चलमा १५ दिने मध्यपरिक्रमा महोत्सव आजदेखि सुरु हुँदै

जनकपुर । मिथिलाञ्चलमा आजदेखि १५ दिने मध्यपरिक्रमा महोत्सव सुरु हुँदैछ । 

फागुन औँसीदेखि पूर्णिमासम्म मनाइने महोत्सवमा धनुषाको कचुरी गाउँस्थित मिथिला बिहारी मठबाट रामजानकीको डोला जनकपुरधामको रत्नसाग मठ हुँदै जानकी मन्दिर ल्याइन्छ ।

त्यहाँबाट जानकीको डोला र जनकपुरका अन्य मठमन्दिरबाट ल्याइएका डोलासमेत समावेश गरेर परिक्रमा यात्रा प्रारम्भ हुने गर्छ । आज बिहान मिथिला बिहारीबाट उठाइने रामजानकीको डोलामा मधेस प्रदेशका उद्योग पर्यटन तथा वन मन्त्री सत्रुधन महतो समेत सहभागी हुनुहुनेछ  ।

डोलापछि परम्परागत बाजागाजासहितका मौलिक पहिरनमा लाखौँ नरनारी सहभागिता हुने गर्छन् । लावा लस्करसहितका मिथिलाको चारै स्थानमा रहेका धार्मिक स्थलको परिक्रमा गर्ने गर्छ । 

१५ दिने परिक्रममा अन्तर्गत  क्रमशः जनकपुरको हनुमान नगर,  बिहारको कलनास्थित कल्यानेश्वर, भारतकै फूलहरस्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, पर्वता,  धनुषाधाम, सतोखर, औरही,  करुण (भारत), विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात् १५ औँ दिन जनकपुरको अन्तर गृह परिक्रम गरी मध्यपरिक्रमा सम्पन्न हुने सुन्दरसदनका कुट्टीका महन्थ नवलकिशोर शरणले जानकारी दिनुभयो । 

नेपालका धनुषा, महोत्तरी तथा भारतको बिहारका दर्जनौँ धार्मिक ऐतिहासिक ठाउँ समेट्ने परिक्रमा नेपालको ९० किलोमिटर र भारतको ३० किलोमिटर गरी १ सय २० किलोमिटर भूभागको परिक्रमा गरिन्छ । बृहत्, मध्य र अन्तर गृह गरी तीन प्रकारका परिक्रमा मनाइन्छ ।

मध्य परिक्रमको सुरुवात १८औँ शताब्दीभन्दा अघि भएको साहित्यकार डा.राजेन्द्र विमलले बताउनुभयो।  

 

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  १० : २७ बजे