डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

नौ वर्षीय बालक उपचार अभावमा साङ्लोमा बाँधिए

सुरुङ्गा । झापाको अर्जुनधारा नगरपालिका–५ मा नौ वर्षीय बालक आकाश चौधरीलाई साङ्लोले बाँधेर राखिएको छ । 

केही महिना अघिदेखि शारीरिक रूपमा अस्वाभाविक परिवर्तन आएसँगै उनलाई फलामको साङ्लोले बाँधेर राखिएको हो । 

उनका बुबा सेवुलालका अनुसार आकाश घर छाडेर जतासुकै हिँड्ने, जे भेट्यो त्यही खाने र मानसिक सन्तुलन गुमाएको जस्तो व्यवहार देखाउन थाले पनि आकाशलाई साङ्लोले बाँधेर राखिएको हो । 

आफ्नो आर्थिक अवस्था ज्यादै कमजोर भएपछि उपचारका लागि छोरालाई अस्पतालसम्म लैजान नसकेको सेवुलालको भनाइ छ । दुई छोरामध्ये कान्छा छोरा हुन् आकाश । सेबुलालले भन्नुभयो, “यसको आमा पनि छैन, सानैदेखि दुई छोराको लालन पालन गरिरहेको छु, मजदुर गरेर जसोतसो घर चलाउँदै थिए, अब चाहिँ मुस्किल भयो ।”

छोराले मानसिक सन्तुलन गुमाएजस्तै गरी जता गयो उतै हराउन थालेपछि केही समयअघिदेखि उनलाई घरमै साङ्लोले बाँधेर राखिएको आकाशका बुबा सेवुवालले बताउनुभयो । 

यसैबीच सोही ठाउँका सामाजिक अभियानकर्मी कैशल भण्डारीले आकाशको उपचारका लागि सहयोग जुटाइदिन सबैसँग आग्रह गर्नुभएको छ । 

उहाँले राम्रो उपचार पाए बालक ठिक हुनसक्ने भन्दै सहयोगीसमक्ष आर्थिक सहयोग जुटाइदिन आग्रह गर्नुभएको हो । रासस

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  ८ : ३३ बजे