डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

ग्याल्पो ल्होसारका अवसरमा मुलुकभर आज सार्वजनिक बिदा

काठमाडौँ ।  सरकारले ग्याल्पो ल्होसारका उपलक्ष्यमा मुलुकभर आज सार्वजनिक बिदा दिएको छ ।

यही फागुन १६ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार बिदा दिइएको गृह मन्त्रालयले बुधवार एक सूचना जारी गरी जनाएको छ । 

“फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ÷संस्थाहरूमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय भएको हुँदा सबैमा जानकारीका लागि सूचना प्रकाशित गरिएको छ”, मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।  

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  ७ : १० बजे