मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

एमसीसी यथास्थितिमा पारित गरेको भन्दै माओवादी नेता पोखरेलको आपत्ति

काठमाडौँ – सांसदबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) यथास्थितिमा पारित गरेको भन्दै नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेलले आपत्ति जनाउनुभएको छ ।

आजको प्रतिनिधिसभाको बैठक पश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वमन्त्री पोखरेलले पार्टीको निर्णय विपरीत एमसीसी यथास्थितिमा सांसदबाट पारित गरेको भन्दै आपत्ति जनाउनु भएको हो । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को अभिव्यक्तिले पार्टीमा थप अन्तर विरोध सुरु भएको बताउनुभएको छ ।

नेता पोखरेलले एमसीसीको विषयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ समेत नदिएर एमसीसी पास गरेको बताउनुभयो । उहाँले विकासको आवरणमा भूराजनीतिक मुद्दालाई एमसीसी मार्फत अगाडी बढाइएको आरोप समेत लगाउनुभयो । उहाँले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध गर्दा पनि एमसीसी पास हुनु संसदीय मर्यादा विपरीत रहेको बताउनुभयो ।

माओवादी केन्द्रको आठौँ महाधिवेशनले एमसीसीलाई यथास्थितिमा पास नगर्ने निर्णय गरेको  थियो।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ६ : १६ बजे