डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

थप १२७ जनामा कोरोना सङ्क्रमण पुष्टि, ३ को मृत्यु

काठमाडौं – नेपालमा थप १२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८७४ नमुना परीक्षण गर्दा १२७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।  यस्तै, आज थप ३२१ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ७७० रहेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट एकैदिन थप ३ जनाको मृत्‍यु भएको छ  । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९४१ पुगेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ४ : ४२ बजे