मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

अबको संसद् बैठकमा महाभियोगबारे छलफल हुन्छ : मन्त्री बडू

काठमाडौँ ।कानून, न्याय तथा संसदीय मामलामन्त्री दिलेन्द्रप्रसाद बडूले अब बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्तावका विषयमा छलफल हुने बताउनुभएको छ । 

प्रतिनिधिसभाको आजको बैठकपछि संसद् भवनमा पत्रकारसँगको कुराकानीमा मन्त्री बडूले नियमावलीमा भएको व्यवस्थानुसार प्रस्ताव अघि बढ्ने जानकारी दिनुभयो । उहाँले हाम्रो नियमावलीको व्यवस्थानुसार महाभियोग प्रस्ताव दर्ता भइसकेपछि सात दिनपछिको कुनै पनि बैठकमा राख्ने भन्ने रहेको पनि जानकारी दिनुभयो ।

त्यसका लागि ११ जनाको महाभियोग सिफारिस समिति बन्ने कानुनी व्यवस्था छ । यसको बस्तुगत आधारसमेत तयार गरेर पुनः संसद्मा निर्णयार्थ ल्याउनका लागि तीन महिनाको समय पाउने पनि उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रतिनिधिसभाको आउने बैठकमा महाभियोग प्रस्ताव अगाडि बढ्छ, यसबारे सल्लाह भइरहेको छ, किन भने समितिमा सबै दलको प्रतिनिधित्व हुने भएकाले सबैसँग सल्लाह गर्नका लागि अहिल समय लिइरहेका छौँ, अबको बैठकमा यसबारे छलफल हुन्छ ।” 

प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २२ गतेका लागि बोलाइएको छ । सत्तारुढ गठबन्धन दलले फागुन १ गते प्रधानन्यायाधीश जबराविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता गरेको थियो । 

नेकपा ९एमाले०का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले महाभियोग प्रस्तावका  विषयमा सुरुमा पनि कुनै जानकारी नदिइएको र अहिलेसम्म पनि कुनै छलफल नभएको बताउनुभयो । उहाँले आजको संसद् बैठकपछि पत्रकारसँगको कुराकानीमा सो कुरा बताउनुभएको हो । 

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ४ : ०१ बजे