‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

पाकिस्तानमा ७६५ जना कोरोनाका नयाँ सङ्क्रमित, २२ को मृत्यु

 इस्लामाबाद।  पाकिस्तानमा मङ्गलबार कोरोनाका थप ७६५ जना सङ्क्रमित भएका छन् । गत २४ घण्टामा यहाँ कोरोना सङ्क्रमणका कारण २२ व्यक्तिको मृत्यु भएको नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर  ९एनसीओसी० ले बुधबार जानकारी दिएको छ । 

पाकिस्तानमा हालसम्म १५ लाख १० हजार ९८६ जनालाई कोरोना सङ्क्रमण देखा परेको छ ।  ती मध्ये १४ लाख ४५ हजार २४५ जना कोरोना भाइरस मुक्त भएका छन् । हाल पाकिस्तानमा ९८१ जना गम्भीर बिरामीसहित ३५ हजार ५३२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।  

गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण थप २२ जनाको मृत्यु भएसँगै पाकिस्तानमा कोरोेनाबाट ज्यान गुमाउनेको सख्या ३० हजार २१८ पुगेको छ ।पाकिस्तानको दक्षिणी प्रान्त सिन्ध सबैभन्दा बढी कोरोना प्रभावित क्षेत्र हो  ।

यहाँ पाँच लाख ६८ हजार ६३५  कोरोना  सङ्क्रमण भएको छ । त्यसपछि पूर्वी प्रान्त पञ्जाबमा पाँच लाख एक हजार ७५८ कोरोना सङ्क्रमण भएको  समाचारमा जनाइएको छ । रासस

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  २ : ४९ बजे