नाङ्गिए प्रचण्ड–माधव :  अमेरिकाले स्विकार्‍यो अनुमोदन तर  ‘व्याख्यात्मक घोषणा’ लाई दिएन मान्यता

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मुख्यालयले फागुन १५ गते नेपालको संसद्ले गरेको एमसीसी अनुमोदनलाई स्वीकार गरेको छ । एमसीसी मुख्यालयले वासिङ्टनबाट मंगलबार एक विज्ञप्ति जारी गर्दै संसदीय अनुमोदन स्वीकारेको जनाएको हो । विज्ञप्तिमा सोही दिन नेपालको संसद्ले अनुमोदन गरेको ‘व्याख्यात्मक घोषणा’ का बारेमा भने केही नबोली अमान्य भएको प्रष्टै सङ्केत दिएको छ ।

एमसीसी मुख्यालयले एमसीसी अनुमोदन भएको तर अन्य घोषणा नेपालको दलहरूको कुरा भएकोले त्यस विषयमा एक शब्द पनि नबोली अस्किार गरिदिएको हो । 

 एमसीसी मुख्यालयको यो अडानसँगै पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको लाज छोप्न गरिएको व्याख्यात्मक घोषणाको औचित्य  समाप्त मात्र भएको छैन उनीहरू राजनीतिकरुपमै नाङ्गिन पुगेका छन् । 

लामो समयसम्म संशोधनका लागि नेपालमा आवाज उठेपनि अमेरिकाले सम्झौतालाई अस्किकार गर्न सक्ने तर संशोधन नहुने भन्दै आइरहेको थियो ।  संझौता संशोधन नहुने पास नगर्ने अडान लिएका माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका माधव नेपालले सडकमा गर्नुसम्मको उपद्रो मच्चाएर अन्तिम अवस्थामा बिना संशोधन एमसीसी अनुमोदन गराएका थिए । उनीहरूले पार्टी भित्रै दन्किरहेको संशोधन वा नो एमसीसीको मागलाई धुजाधुजा पार्न व्याख्यात्मक घोषणाको नाटक गरेका थिए । व्याख्यात्मक घोषणा नेताहरूको जुँगा बचाइदिने उपाय भनेर अनुमोदनकै दिन संसद्मा सत्ता पक्षकै नेताहरूले पोल खोलिदिएका थिए । 

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले एमसीसी र नेपाल सरकारबीच भएको ५० करोड डलरको कम्प्याक्टलाई अनुमोदन गर्ने नेपालको सङ्घीय संसद्को निर्णयलाई फेब्रुअरी २७ मा स्वीकार गरेको ,’ विज्ञप्तिमा भनिएको छ ।

फागुन १५ गते सत्तारुढ गठबन्धन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा), नेपालको माग अनुसार ‘व्याख्यात्मक घोषणा’ अनुमोदन गरिएको थियो । एमसीसी सम्झौतामा स्पष्ट नभएका बुँदालाई स्पष्ट पारी ‘व्याख्यात्मक घोषणा’ तयार पारिएको भनिए पनि  ‘व्याख्यात्मक घोषणा’ नेपालले एक पक्षिय रूपमा तयार गरेकोले एमसीसी मुख्यालयले कुनै प्रतिक्रिया नजानाइकन उक्त घोषणा र एमसीस अनुमोदनसँग कुनै औचित्य नभएको पुष्टि गरेको हो । 

एमसीसीले विज्ञप्तिमा कम्प्याक्ट अनुमोदन गर्ने निर्णय सधैँ सार्वभौमसत्ता सम्पन्न नेपालसँग रहेको जनाइएको छ । ‘कम्प्याक्टको अनुमोदनले पाँच वर्षे कार्यक्रमलाई कार्यान्वयन गर्ने दिशामा अघि बढेको उस्ले जनाएको छ । सन् २०१७ मा नेपालले एमसीसी सम्झौतामा हस्ताक्षर गरेको थियो । 

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  २ : १४ बजे