मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

माओवादीमा दन्कियो ‘काजी’ विद्रोह : विप्लवसँग मिलेर जन्मदैछ नयाँ पार्टी

काठमाडौं । एमसीसी अनुमोदनसँगै नेकपा माओवादी केन्द्र भित्र  विद्रोहको आँगो दनकिरहेको छ । पार्टीलाई एमसीसी विरुधी मोर्चामा होमेर एकाएक यूर्टन गरेर एमसीसीको पक्षमा मतदान गर्ने प्रचण्डको निर्णय प्रकृयाले माओवादी भित्र बचेखुचेको क्रानितकारीलाइनलाई धुजाधुजा भनाएसँगै त्यहाँ भित्र तिव्र धुव्रिकरणको प्रकृया सुरु भइरहेको छ ।  

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई भेटैरैराजनीतिक रूपमा सहकार्य गरेर जान प्रस्ताव गर्नुभएको छ ।विप्लवको प्रस्तावसँगै अब नेकपा माओवादी विभाजनको अन्तिम संघारमा रहेकोरुपमा हेरिएको छ ।    

बुधवार श्रेष्ठलाई भेट्न उहाँकै निवास हात्तीवन पुग्नुभएका विप्लवले माओवादीमा बसेर केही नहुने भन्दै विचार मिल्ने शक्तिहरू ध्रुवीकरण  हुँदै  क्रान्तिकारी शक्तिहरुबीच मोर्चाबन्दी गरेर जाने प्रस्ताव गर्नुभएको थियो ।   

जवाफमा श्रेष्ठले पनि  आफू एमसीसी प्रकरणमा नराम्ररी फसेको र त्यसलगत्तै प्रचण्डले पार्टी छोड्न भन्दै दिएएको अभिव्यक्तिले मर्माहत बनेको भन्दै मिलेर जाने संकेत दिनुभएको बताइन्छ । श्रेष्ठले अहिले आफु माओवादी केन्द्रमै भएकाले पार्टीको केन्द्रीय समिति पछि मात्रै के  गर्ने भन्ने फाइनल  टुङ्गोमा पुग्ने बताउनुभएका थियो । 

‘माओवादीमा बस्न सजिलो भइरहेको छैन। यसअघि देखि नै पार्टीमा समस्या छ, रूपान्तरण गर्न सकस भयो ।’ श्रेष्ठको भनाइ उद्धृत गर्दै ति नेताले भन्नुभयो । श्रेष्ठले अब तलबाटै एउटै पार्टीमा बस्न सकिँदैन। कति अपमान सहने भन्ने आइरहेकोले  परिस्थिति हेरेर निर्णय लिने बताउनुभयो ।  

प्रचण्डले पार्टीमा एउटा निर्णय गरेर तत्काल विपरित लाइन लिंदा अब नैतिकताका हिसाबले पनि जवाफ दिन गारो पारिदिएको श्रेष्ठको बुझाई छ ।  

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको व्याख्यात्मक घोषणामा केही नेताले असन्तुष्टि व्यक्त गरेसँगै कुरा नमिल्नेहरु पार्टी छोड्न सक्छन् भन्दै अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिलाई लिएर नेता श्रेष्ठ पक्ष पार्टीमा चरम असन्तुष्ट छ।उक्त समूह माओवादीबाट अलगिंनसक्ने आङ्कलनका बीच भएको विप्लव र श्रेष्ठको भेटलार्इ अर्थपूर्णरुपमा हेरिएको छ । 
 

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  १ : ५४ बजे