काठमाडौँ । सुनको मूल्य बुधवार प्रतितोलामा एक हजार ९०० रुपैयाँको दरले बढेर एक लाख रुपैयाँ नजिक पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९९ हजार ५०० रुपैयाँ कायम भएको छ ।
मङ्गलवार छापावाल सुन तोलाको ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, बुधवार तेजाबी सुनको मूल्य तोलाको ९९ हजार निर्धारण भएको छ । मङ्गलवार तेजाबी सुनको मूल्य तोलाको ९७ हजार १०० रुपैयाँ निर्धारण भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँको दरले बढेको छ । मङ्गलवार एक हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधवार एक हजार ३ सय ७५ रुपैयाँ निर्धारण भएको छ ।
प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार ११ : ३९ बजे
प्रतिक्रिया