काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट सुरु गर्दै छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो दिन तीन खेल हुनेछन् । बिहान साढे ९ बजे हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा पौने १ बजे बाँसबारी क्लब र सरस्वती क्लब आमुने सामुने हुनेछन् ।
अपराह्न ४ः०० बजे हुने तेस्रो तथा दिनको अन्तिम खेलमा विरगंज युनाईटेड र ब्वाइज युनियनबीच खेल हुनेछ । लिगमा १४ क्लबले सिङ्गल राउन्ड रोबिन लिगको आधारमा खेल्ने छन् । शीर्ष दुई टोली 'ए' लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।
एन्फाले ए डिभिजन लिग समाप्तिसँगै बी डिभिजन लिग सुरु गर्न लागेको हो ।
प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार ८ : १८ बजे
प्रतिक्रिया