आज पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । 

त्यस्तै, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू-भागको थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आङ्कलन पनि गरिएको छ ।

राति प्रदेश १, कर्णाली प्रदेश र गण्डकीका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

बिहीबार पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको आङ्कलन महाशाखाले गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
​​​​​​​२०७८ फागुन १८ गते (बुधवार
)
दिउँसो: प्रदेश १,बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। 

देशका पहाडी भू–भागको थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: प्रदेश १, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७८ फागुन १९ गते  (बिहीबार)
दिउँसो:
देशको पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भू–भागमा मौसम सामान्यता सफा रहनेछ ।

देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती: देशको पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भू–भागमा मौसम सामान्यता सफा रहनेछ ।

देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७८ फागुन २० गते (शुक्रवार)
दिउँसो:
देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यता सफा रहनेछ ।

देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ हल्का वर्षाको सम्भावना रहेको छ। 

राती: देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यता सफा रहनेछ । 

 

 

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ७ : ३५ बजे