एमसीसी पारित भएपछि पहिलो पटक प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ  । गत आइतबार सदनबाट एमसीसी पारित भएपछि पहिलो पटक आज दिउँसो १ः०० बजे बैठक बस्न लागेको हो ।

सङ्घीय संसद्का महासचिव भरतराज गौतमले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्नुभएको छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/०७८’ पेस गर्नुहुनेछ  भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूचीमा उल्लेख छ ।

यस्तै, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ७ : २२ बजे