सुनको मूल्यमा नयाँ कीर्तिमान

करिब १० केजी गाँजा सहित ३ भारतीय पक्राउ

सर्लाही – मलगंवा नगरपालिका-८ स्थित सडकबाट करिब १० केजी अवैध लागूऔषध गाँजा सहित भारत सितामढी ग्राम पंचायत राजा प्रसोनी-१ बस्ने २३ वर्षीय मो.साकिर लगायत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ना.२ ह १५६७ नम्बरको टेम्पोलाई प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा टेम्पोमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ६ : २९ बजे