देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

राष्ट्र बैंकले आज आठ अर्बको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु आठ अर्ब १० करोड बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियामार्फत उक्त टे«जरी बिल बिक्री गर्न लागेको हो । 

बैंकका अनुसार २८ दिने अवधिका लागि रु पाँच अर्ब बराबरको टे«जरी बिल बिक्री गर्न लागिएको छ । सो बिल आगामी वैशाख १४ गते परिपक्व हुनेछ । 

यस्तै रु १० करोड बराबरको टे«जरी बिल भने ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । उक्त बिल आगामी असार १५ गते परिपक्व हुनेछ । 

यस्तै १८२ दिनका लागि रु तीन अर्ब बराबरको बिल बिक्री गरिनेछ । उक्त बिल आगामी असोज १२ गते परिपक्व हुनेछ । यसअघि बैंकले यही चैत ९ गते रु १५ अर्ब ३३ करोड बराबरको टे«जरी बिल बिक्री गरेको थियो । 
 

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ७ : २१ बजे