एमसीसीको ‘व्याख्यात्मक घोषणा’ नेपाली जनता झुक्काउने काम : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदबाट एमसीसी प्रस्ताव पास हुँदै गर्दा ‘एमसीसीको व्याख्यात्मक घोषणा’ हुनु भनेको नेपाली जनता झुक्याउने काम मात्रै भएको बताउनुभएको छ । 

मिलिनियम च्यालेन्ज कर्पोरेसनले सम्झौतामा उल्लेख भए बाहेकका कुनै पनि विषयले मान्यता नपाउने प्रष्ट पारिसकेकाले यस्ता व्याख्यात्मक घोषणा जनता झुक्याउने काम मात्रै भएको उहाँको भनाइ छ । 

यद्यपि, यही घोषणालाई समातेर नेतृत्वमा रहेकाहरूलाई समात्न सकिने बाटो भने बनेको उहााले बताउनुभयो  । 

एमालेद्वारा आज आयोजित पत्रकार सम्मेलनमा नेता ओलीले एमसीसी विरुद्घ  सडकमा कार्यकर्ता उत्रार्ने दलहरुले नै एमसीसी पास गरेर आफ्नो ठगी धन्दाको पुष्टि गरेको बताउनुभयो । 

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  २ : ११ बजे