मनसुन क्रमशः क्षीण हुँदै

डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

प्रचण्ड सफेद झुट बोल्छन्, लाज लाग्नुपर्ने हो : मोहम्मद इस्तियाक राई

​​​​​​​काठमाडौं – पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले सफेद झूट बोल्न प्रचण्डलाई लाज लाग्नुपर्ने बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलनमा एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन) “केपीले जस्ताको तस्तै पास गर्न खोजेका थिए तर मैले संशोधन गरेर पास गराएँ ” भनेर दिएको अभिव्यक्तिलाई लक्षित गर्दै नेता राइले सफेद झूट बोल्न प्रचण्डलाई लाज लाग्नुपर्ने बताउनुभएको हो ।

नेता राईले सामाजिक सञ्जालमा ट्वीटर मार्फत ट्वीट गर्दै यदी एमसीसीले १२ बुँदे स्वीकार गरेमा आफूलाई चारपाटा मुडेर नेपालगञ्जको नाका कटाउन चुनौती समेत दिनु भएको छ । उहाँले एमसीसीको विषयलाई थप गिजोल्न नहुने बताउनुभएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ९ : ४२ बजे