काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज बिहान राैतहट जाँदै हुनुहुन्छ । माैलापुरमा आयाेजना हुन लागेकाे मधानी महायज्ञको उद्घाटन गर्न ओली रौतहट जान लाग्नुभएको हो ।
मौलापुरका मेयर रिनाकुमारी साहकाे नेतृत्वमा बालकोट पुगेको टोलीले मौलापुरमा हुने महायज्ञको प्रमुख अतिथिका रूपमा आएर उद्घाटन गर्न अनुरोध गरिएको थियो ।
मौलापुर-५ पतौरास्थित पुरातात्त्विक महादेव मन्दिरमा महाशिवरात्रिको अवसरमा नगरपालिकाको आयोजनामा महायज्ञ हुन लागेको हो ।
महायज्ञमा नायक राजेश हमाल लगायत कलाकारको प्रस्तुति रहनेछ ।
प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार ८ : ५२ बजे
प्रतिक्रिया