डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

यस्ताे छ आजकाे माैसम

काठमाडाै‌ं – आज मंगलबार देशभर माैसम अनुकूल रहने आँकलन गरिएकाे छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार उल्लेखनीय मौसमी प्रणाली नरहेकाले ठूलाे वर्षाकाे सम्भावना छैन ।

दिउँसाे पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी क्षेत्रमा मौसम सफा रहनेछ। प्रदेश १, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना भने रहेकाे छ ।

राति गण्डकीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

बुधबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ७ : ३४ बजे